Chimpu and Champa

Read the story in:

५ वर्ष अघि हस्तान्तरण गर्दा ‘चिम्पू’ चिम्पान्जी तीन महिना र ‘चम्पा’ चिम्पान्जी छ महिनाको थिए।
तस्करहरूले चिम्पान्जीहरूलाई नाइजेरियाबाट नेपाल गयरकानुनी रुपमा ल्याइएका थिए। नाइजेरियाबाट
नेपाल आइसक्दा चिम्पान्जीहरुको शरीरको आधा वजन घटिसकेको थियो र उनीहरु निमोनियाले पनि ग्रस्थ
थिए । उद्धारपछि, सिआइबीले चिम्पान्जीहरूलाई केन्द्रीय चिडियाखानामा बुझायो। दुई चिम्पान्जीहरुलाई
चिडियाखानामा हरेक ५ घण्टामा खुवाएर सहि तापमान राख्ने बातावरण मिलाइयो। फलस्वरूप उद्धारपछि
करिब ५ वर्ष भइसक्दा आज चिम्पूको तौल २१ किलोग्राम र चम्पाको तौल २४ किलोग्राम छ।

चिम्पान्जीहरू अत्यन्त बुद्धिमान, संवेदनशिल र भावनात्मक प्राणी हुन्, र तिनीहरूलाई प्रायः बच्चाहरूको
रूपमा चौबीसै घण्टा हेरचाह चाहिन्छ, विशेष गरी गयरकानुनी रुपले कब्जा र तस्करीको आघातबाट
गुज्रिएकाहरुलाई आझ धेरै नै हेरचाह चाहिन्छ। यस अन्तर्गत, केन्द्रीय चिडियाखानाको ‘Adopt an Animal’
कार्यक्रम अन्तर्गत प्रभु शमशेर जबरा र राजी राणा ट्रष्टका राजी राणाले गोद लिनुभएको हो। राणाले
जनावरहरूको हेरचाहका लागि रु १ लाख प्रदान गर्नुभएको छ। अहिले दुवै चिम्पान्जीको स्वस्थ र तौल राम्रो
अवस्थामा छ।

तपाईले अगाडी देखिराख्नु भएको चिम्पान्जीहरुको नाम ‘चिम्पू’ र ‘चम्पा’ हो। चिम्पान्जीहरू अत्यन्त बुद्धिमान,
संवेदनशिल र भावनात्मक प्राणी हुन् । तिनीहरूलाई प्रायः बच्चाहरूको रूपमा चौबीसै घण्टा हेरचाह चाहिन्छ ।
विशेष गरी, गयरकानुनी रुपले कब्जा र तस्करीको आघातबाट गुज्रिएकाहरुलाई आझ धेरै नै हेरचाह चाहिन्छ।

यी चिम्पान्जीहरुलाई सन् २०१७ सालमा तस्करहरुको चंगुलबाट मुक्त गरिएको थियो। केन्द्रिय
चिडियाखानाको निगरानी, सहि हेरचाह र पालनपोषणले दुवै चिम्पान्जीहरु स्वास्थ अवस्थामा छन्।

Also Checkout