Bhagwan Bahal

Read the story in:

Namaste!
Welcome to Bhagwan Bahal,

You are in Bhagwan Bahal. It is also called as Bikramsheel Mahabihar. It is also the eldest bihar in the Kathmandu Valley. This area was known as Thamagram in the Lichhavi period. Thamagram was named as the eldest village. This area was changed from Thamagram to Singhakalpa Nagar. The Bikramsheel Mahabihar area of ​​Singhakalpa Nagar was called Thabahil. Thabahil means the eldest Bihar. After that, the word ‘Thabahil’ was slowly changed into ‘Thamel’ and this area was called Thamel. Now, Bikramsheel Mahabihar is also known as Bhagwan Bahal.

Here you enter the wooden main door, reaching the middle of the open square. Of the many statues here, the Singha Sarthabahu is considered by locals to be important in terms of originality and archeology. The gold statue of Singha Sarthabahu was restored in 1996 and is about 7 feet high. The idol is kept in the sanctum sanctorum inside the closed gold door. But for those who want to worship the idol during Nitya Puja and Aarti, the priest is needed for the worship.

The central pagoda here is dedicated to the legendary merchant Singha Sarthabahu from ‘Dwapar Yug’ who went from Kathmandu to Tibet to trade. The story is famous throughout East Asia. The Pradhans here consider him their ancestor. The Pradhans (one of the Newar clans) worship the main idol as Singha Sarthabahu. Unlike other Bahals in the Kathmandu Valley, this Bahal is taken care of by the Pradhan dynasty. Generally, in Newar tribes, Bihar or temples are run or maintained by Bajracharya, Shakya or Tuladhars.

To the right of the temple, there is a closed section containing various historical objects. One of them is a handwritten manuscript with 2000 pages that is more than 2,000 years old. The book is called Pragyaparmita and contains the Buddha’s Formula. Another interesting fact about the book is that it is written in gold and silver ink. This book is written in Ranjana script. It is believed that this book was brought by Nagarjuna Buddha from Nagalok in the second century.

In history, it is mentioned that the great master of the eleventh century, Atisha, went to Tibet via Nepal. He lived in Bihar and studied philosophy and practiced Buddhism. During his stay, he rebuilt this Bihar. Bihar used to teach the Buddhism and provide shelter for Buddhists going from India to Tibet or from Tibet to India. This folklore indicates that Bihar may be older than expected.

You can also see the mandala right in front of the temple door. This mandala is made of gold. The temple has many other artefacts, sculptures and objects made of precious elements.

To the right of this intersection, you will find another large intersection called Agam Chowk. Spread over 40,000 square feet, this Bihar campus was studied by thousands of Buddhist monks in ancient times. The Nagarjuna Stupa is also located at this place.

Here are some of the artifacts and statues inside and outside of Bhagwan Bahal:

Mahakal

After passing two doors in the eastern part, one reaches the ‘Dalan’ with a 24-inch statue of Mahakal on the right. He is known as the ‘protector’ in Buddhist religion. Hindus worship the idol as Bhairav ​​(form of Shiva, protector and destroyer). The structure of the statue dates back to the 17th century.

Mahamanjushri Bodhisattva and Saraswati

On the right side of the ladder descending to Mulchowk are the idols of Mahamanjushree and on the left side are the idols of Saraswati. It is believed that Mahamanjushri had supreme knowledge and manifested in 1000 forms.

Aryatara

There is a statue of Aryatara near the statue of Manjushri. Aryatara is an important figure in Buddhism and is known as the mother of salvation. It represents the virtue of success in work and achievements. This statue was carved in 1746 BS.

Halahal Lokeshwar

This male figured statue has 3 heads and 6 arms.

Kwapa: Dyo


Kwapa: Dyo’s statue was restored in 955 Nepali Sambat. It is mentioned as ‘Kvachpar Devata’ on the stone inscription of the statue in Nepali Bhasa. Going inside Bihar, you can see the statue of Kwapa: Dyo on the left side. Kwapa: Dyo idol is made of very fine and shiny black stone that is depicted in a meditation posture. Kwapa: Dyo’s idol is called ‘Bhagwat Akal’ in Sanskrit language and it is worshiped as ‘Medicine Buddha’.

Chaitya idol

To the south of the chowk, in “Tun: Chok”, you will find the Chaityamurti from Lichhavi period. This idol is made of the same stone. The lower part of the statue resembles the statue of Bikramsheel Mahabihar. However, the elements used to make the statues are very different. The material used to make the sculpture is composed of materials from the Licchavi period.

Kuber

Crossing the street in the south, one finds the idols of Kubera, the god of wealth and treasurer of wealth. Kubera is worshiped in both Hindu and Buddhist religions. He is worshiped for good luck and prosperity.

References

Rukmini Vanta Pradhan (2016): Bikramsheel Mahabihar
Bikramsheel Mahabihar, Working Committee

नमस्ते !
भगवान बहालमा हजुरलाई स्वागत छ,

तपाईं भगवान बहालमा हुनुहुन्छ जसलाई विक्रमशिल महाविहार पनि भनिन्छ। यो काठमाडौं उपत्यकाको सबैभन्दा जेठो विहार पनि हो। यो क्षेत्र लिच्छवी कालमा भने थमग्राम भनेर चिनिन्थ्यो। थमग्राम भन्नाले जेठो गाउँ हो। यो क्षेत्रलाई थमग्रामबाट परिवर्तन भई सिंहकल्प नगर भनेर चिनिन थालियो। सिंहकल्प नगर विक्रमशील महाविहार क्षेत्रलाई थबहिल भनिन्थ्यो । थबहिलको अर्थ चाहिँ सबैभन्दा जेठो बिहार हो । त्यसपछि थबहिलको अपभ्रम्श भइ यो क्षेत्रलाई ठमेल भन्न थालिएको हो। विक्रमशील महाविहारलाई भने अहिले भगवान बहाल भनेर पनि चिनिन्छ।

यहाँ तपाईं काठको मुलढोका प्रवेश गर्दा, खुला चोकको बीचमा पुग्नुहुन्छ। यहाँ भएका धेरै मुर्तिहरू मध्ये सिँह सार्थबाहुको मुर्ति मौलिक र पुरातात्विक हिसाबले अत्यन्त महत्वपुर्ण छ। सिँह सार्थबाहुको सुनको मुर्ति सन् १९९६ मा जीर्णोद्धार गरिएको थियो जुन करिब ७ फिट अग्लो छ। मुर्तिलाई बन्द सुनको ढोकाभित्रको गर्भगृहमा राखिएको छ। तर नित्यपूजा र आरतीको समयमा पूजा गर्नेहरूका लागि पुजारी मार्फत पूजा गर्न सकिन्छ ।

यहाँको केन्द्रीय प्यागोडा द्वापरयुगका पौराणिक व्यापारी सिँह सार्थबाहुलाई समर्पित गरिएको छ जो काठमाडौंबाट तिब्बतमा व्यापार गर्न गएका थिए भन्ने कथा पूर्वी एशिया भरि नै प्रचलित छ। यहाँका प्रधानहरूले उहाँलाई आफ्नो पुर्खा मान्छन्। यहाँका प्रधानहरू (नेवार कुलमध्येका एक) मुख्य मूर्तिलाई सिँह सार्थबाहुको मूर्तिको रूपमा पूजा गर्छन्। काठमाडौं उपत्यकाका अन्य बहालहरू भन्दा फरक, यो बहाललाई प्रधान वंशले हेरचाह गर्छ। सामान्यत नेवार जनजातिमा, बिहार वा मन्दिरहरू बज्राचार्य, शाक्य वा तुलाधरहरूले चलाउँछन् वा हेरचाह गर्छन्।

मन्दिरको दायाँपट्टि विभिन्न ऐतिहासिक वस्तुहरू समावेश गरिएको बन्द खण्ड छ। ती मध्ये एउटा, 2000 वर्षभन्दा पुरानो, 2000 पृष्ठको हस्तलिखित पाण्डुलिपि हो। पुस्तकलाई प्रज्ञापारमिता भनिन्छ र यसमा बुद्धका सुत्रहरू समावेश छन्। पुस्तकको बारेमा अर्को रोचक तथ्य यो छ कि यो सुन र चाँदीको मसीले लेखिएको छ। यो पुस्तक रञ्जना लिपिमा लेखिएको छ। यो पुस्तक नागार्जुन बुद्धले दोस्रो शताब्दीमा नागलोकबाट ल्याएर राख्नु भएको मान्यता छ।

इतिहासमा एघारौँ शताब्दीका महान् गुरु अतिशा, नेपाल हुँदै तिब्बत गएको उल्लेख छ । उनले यस बिहारमा बसेर दर्शनको अध्ययन गरे र बुद्ध धर्मको अभ्यास गरे। बसाइका क्रममा उनले यो बिहारको पुनः निर्माण गरे। बिहारले बुद्धको पाठ दिने र भारतबाट तिब्बत जाने वा तिब्बतबाट भारत जाने बौद्धहरूको लागि आश्रय दिन्थ्यो। यो लोककथाले बिहार अझै पुरानो हुनसक्ने संकेत गर्छ।

तपाईंले मन्दिरको ढोकाको ठीक अगाडि मण्डला पनि देख्न सक्नुहुन्छ। यो मण्डला सुनले बनेको छ। यस मन्दिरमा अन्य धेरै कलाकृतिहरू, मूर्तिहरू र वस्तुहरू छन् जुन बहुमूल्य तत्वहरूबाट बनेका छन्।

यस चोकको दायाँपट्टि, तपाईंले अर्को ठूलो चोक भेट्टाउनुहुनेछ जसलाई आगम चोक भनिन्छ। ४०,००० वर्ग फुटमा फैलिएको यस बिहार परिसरमा प्राचीन कालमा हजारौं बौद्ध भिक्षुहरूले अध्ययन गर्थे। यसै स्थानमा नागार्जुन स्तुपा पनि रहेको छ।

भगवान बहाल भित्र र बाहिर रहेका केही कलाकृतिहरू र मूर्तिहरू यहाँ छन्:

महाकाल

पूर्वी भागमा दुईवटा ढोका अघि बढेपछि दायाँपट्टि महाकालको २४ इन्चको मुर्ति रहेको ‘दलान’ मा पुगिन्छ। उनलाई बुद्ध धर्ममा संरक्षक भनेर चिनिन्छ। हिन्दूहरूले भैरव (शिवको रूप, रक्षक र संहारक) को रूपमा मूर्तिको पूजा गर्छन्। मूर्तिको निर्माण संरचना १७ औं शताब्दीको हो।

महामञ्जुश्री बोधिसत्व र सरस्वति

मुलचोकमा ओर्लिने भर्याङ्गको दायाँ पट्टी महामञ्जुश्री र बायाँ पट्टी सरस्वतीको मुर्ति छन्, उक्त मुर्तिहरू महापात्र हरिसिँह भारोले स्थापना गरेका हुन् । महामञ्जुश्रीलाई परमज्ञान छ र १००० रुपमा प्रकट भएको मानिन्छ।

आर्यतारा

मञ्जुश्रीको मूर्ति नजिकै आर्यताराको मूर्ति छ। आर्यतारा बौद्ध धर्मको एक महत्वपूर्ण व्यक्तित्व हुनुहुन्छ र उहाँलाई मुक्तिको आमा भनेर चिनिन्छ। उहाँले काम र उपलब्धिहरूमा सफलताको पुण्य प्रतिनिधित्व गर्नुहुन्छ। यो मूर्ति विसं १७४६ मा कोरिएको हो ।

हलाहल लोकेश्वोर

पुरुषको आकृतिमा बनाइएको यो मुर्तिमा ३ टाउको र ६ हातहरु छन् ।

क्वापा: द्यो


क्वापा: द्योको मुर्तिलाई ने.सं. ९५५ मा जिर्णोद्वार गरि राखिएको शिलापत्रमा लेखिएको नेपाल भाषामा ‘क्वाचपार देवता’ भनेर उल्लेख गरेको पाइन्छ। बिहारमा भित्र गएर बायाँपट्टिको स्थानतिर क्वापा: द्योको मुर्तिलाई देख्न सकिन्छ। क्वापा: द्यो मुर्ति भने असाध्यै राम्रो र चहकिलो कालो ढुंगाले निर्मित गरिएको छ भने यो मुर्तिलाई ध्यान मुद्रामा चित्रण गरिएको छ।क्वापा: द्योको मुर्तिलाई संस्कृत भाषामा ‘भगवत अकाल’ भनिएको छ र येसलाई ‘Medicine Buddha’ को रुप मानी पूजा गरिन्छ।

चैत्य मूर्ति

चोकको दक्षिणतर्फ, “टुंः चोक” मा, तपाईंले लीच्छबीकालिन चैत्यमूर्ति पाउनुहुनेछ। यो मूर्ति एउटै ढुङ्गाबाट बनेको हो । मूर्तिको तल्लो भाग विक्रमशिल महाविहारको मूर्तिसँग मिल्दोजुल्दो छ। यद्यपि, मूर्तिहरू निर्माण गर्न प्रयोग गरिएका तत्वहरू धेरै फरक छन्। मूर्ति बनाउन प्रयोग गरिने सामग्री लिच्छविकालमा बनेको हो ।

कुबेर

दक्षिणमा गल्ली पार गर्दा धनको देवता र धनको कोषाध्यक्ष कुबेरको मूर्ति भेटिन्छ। कुबेर हिन्दू र बौद्ध दुवै धर्ममा पूजा गरिन्छ। उहाँलाई सौभाग्य र समृद्धिको लागि पूजा गरिन्छ।

सन्दर्भहरू

रुक्मणी वन्त प्रधान (2016): विक्रमशिल महाविहार
विक्रमशिल महाविहार, कार्य समिति

Listen to the story in:

Supported By:

Also Checkout